कीर्तिपुर मेयर उमेदवारी- कुन-कुन दलले गराए उमेदवारी दर्ता ?

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदका निम्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट ध्रुव महर्जनले उमेदवारी दर्ता गराएका छन् ।

कीर्तिपुर निर्वाचन अधिकृतको कार्यालयमा आइतबार पुगेर उनले मनोनयनपत्र दर्ता गराएका हुन् । यस्तै, कीर्तिपुर–१ को वडाध्यक्ष पदका निम्ति राप्रपाका तर्फबाट सुरेन्द्र उप्रेतीले उमेदवारी दर्ता गराएका छन् । कीर्तिपुर–४ को वडाध्यक्ष पदका निम्ति राप्रपाका तर्फबाट विजेश बस्नेतले उमेदवारी दिएका छन् ।

उपनिर्वाचनका निम्ति आज बिहान १० देखि अपराह्न ५ बजेसम्म उमेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ ।

कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा. सुरेन्द्र महर्जन, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जनले मनोनयनपत्र दर्ता गरेका छन् । यता डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गरेका छन् ।

एकीकृत समाजवादी र नेसपाको महिन्द्रराय यादव समूहले भने कीर्तिपुरको मेयर पदमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ । रास्वपाले भने कीर्तिपुरको मेयरका लागि उम्मेदवारी नदिने बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *