प्रधानमन्त्री ओलीले ज्ञापनपत्र बुझाउन समय नदिएको रास्वपाको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञापनपत्र बुझाउन समय नदिएको आरोप लगाएको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै रास्वपाले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्रसहित दोस्रो चरणका आन्दोलनको एजेण्डा बारे जानकारी गराउन खोजेपनि आफुहरुलाई समय नदिएको आरोप लगाएको छ । प्रधानमन्त्री ओलीले ‘रास्वपाले ज्ञापनपत्र लिएर आउँदैछ, फोटोसहित समाचार दिन्छु’ भनी खिसीट्यूरी गरेको बताउदै कार्यवाहक प्रवक्ता मनिष झाले आफूहरुलाई ५ मिनेट समय नदिएको जानकारी दिएका छन् ।

रास्वपाले दोस्रो चरणको आन्दोलनका एजेण्डाहरु पनि सार्वजनिक गरेको छ । रास्वपाले आगामी मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको हो । रास्वपाले प्रहरी हिरासतमा रहेका पार्टी सभापति रवि लामिछानेलाई थुनाबाहिर राखेर छानविन गर्न माग गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *