दुर्गा प्रसाईंका विरुद्ध कागजात कीर्ते र मानहानी मुद्दा चल्ने

काठमाडौं । साइबर अपराध मुद्दामा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका विरुद्ध कागजात कीर्ते र मानहानी मुद्दासमेत चल्ने भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) का प्रमुख एआइजी दीपक थापाले तत्काल साइबर अपराधसम्बन्धी मुद्दामा म्याद थप गरिए पनि अनुसन्धानका क्रममा अन्य कसुरसमेत मुद्धा चल्ने बताएका छन् । उनका अनुसार कीर्ते र मानहानीको विषयमा समेत मुद्धा चल्नेछ ।

एक व्यक्तिलाई एकैपटक एकभन्दा बढी मुद्दा चलाउने कानुनी व्यावस्था अनुसार एकपछि अर्को मुद्धा चलाउने उनको भनाइ छ । प्रसाईंविरुद्ध प्रहरी प्रतिवेदनका आधार मुद्दा चलाइन लागेको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *