एमालेले भौतिकरूपमा जरिवाना पत्र बुझ्न अस्वीकार गरेपछि महानगरले हुलाक र इमेलमार्फत पठायो

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको जरिवाना पत्र भौतिकरूपमा बुझ्न अस्वीकार गरेपछि हुलाक र इमेलमार्फत पठाएको छ ।

आइतबार जरिवाना पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई दरबारमार्गमा भएको एमाले जागरण सभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको थियो । भौतिक रूपमा पत्र नबुझेपछि महानगरले सोमबार इमेल र हुलाकमार्फत पत्र पठाएको हो । महानगरले पत्र पठाउँदा लागेको टिकटमा लागेको खर्च समेत एमालेलाई पठाएको छ । महानगर स्रोतका अनुसार अर्जेन्ट (एक्सप्रेस) पत्र पठाउँदा ७० रुपैयाँको टिकट लागेको छ । जुन रकमको विल पनि महानगरले एमालेलाई नै पठाएको छ ।

एमालेले शुक्रवार काठमाडौँको दरबारमार्गमा जागरण सभा आयोजना गर्दा फोहोर गरेको भन्दै एक लाख जरिवाना तिर्नुपर्ने भन्दै पत्र काटेको थियो । तर, एमालेले भने काठमाडौं महानगरका मेयर बालेन शाहले एमालेविरुद्ध ‘राजनीतिक स्टन्ट’ गरेको आरोप लगाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *