नेप्से परिसूचक ३३.४१ अंकले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नेप्से परिसूचक ३३.४१ अंक बढेको छ ।

आज १.२३ प्रतिशतले बजार बढ्दा परिसूचक २७१६.६६ बिन्दुमा पुगेको छ । यस दिन १ करोड ४२ लाख ९२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ४४ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ ।

२११ कम्पनीको मूल्य बढ्दा ३२ कम्पनीको घट्यो भने एउटाको स्थिर रह्यो । सबै सेक्टरका सूचक बढेका छन् । बैंकिङ १.२०, विकास बैंक ०.४९, फाइनान्स १.५१, होटल तथा पर्यटन ०.६४, हाइड्रोपावर १.९७, लगानी १.१३, जीवन बीमा १.०२, उत्पादन १.०८, माइक्रोफाइनान्स ०.८५, निर्जीवन बीमा ०.८१, अन्य १.६८ र व्यापार समूह १.२९ प्रतिशत बढे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *