रिलायन्स फाइनान्स र लुम्बिनी लायन्सबीच प्रायोजन सम्झौता

काठमाडौं । रिलायन्स फाइनान्सले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को टीम लुम्बिनी लायन्ससँग प्रायोजन सम्झौता गरेको छ । सम्झौतापत्रमा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समाजप्रकाश श्रेष्ठ र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर राजजंग थापाले हस्ताक्षर गरे । सम्झौतापश्चात अब रिलायन्स फाइनान्सले लुम्बिनी लायन्ससँग आधिकारिक वित्तीय साझेदारको रूपमा सहभागिता जनाउने छ ।

सीईओ श्रेष्ठले यस साझेदारीले रिलायन्स फाइनान्सको नेपाली खेलकुदको विकास र वृद्धिमा योगदान दिने वचनबद्धतालाई उजागर गर्ने प्रष्ट पारे । लुम्बिनी लायन्स फ्रेन्चाइज, जसको नेतृत्व नेपाल राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले गर्दैछन् । नेपाल प्रिमियर लिगमा आठवटा फ्रेन्चाइज भाग लिनेछन् र प्रतियोगिता ३० नोभेम्बर २०२४ देखि सुरु हुनेछ । लुम्बिनी लायन्सले ४ डिसेम्बर २०२४ मा विराटनगर किङ्ग्ससँग आफ्नो पहिलो खेल खेल्नेछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *