रास्वपाका सभापति लामिछानेको सरकारी वकिल कार्यालयमा बयान जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सरकारी वकिलको कार्यालय लगिएको छ ।

काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको अनुसन्धानका लागि उनलाई पोखराबाट बिहीबार काठमाडौं ल्याइएको थियो । आइतबार सरकारी वकिलको कार्यालयमा उनको बयान चलिरहेको छ । शुक्रबारदेखि उनको बयान सुरु गरिएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयमा शुक्रबार बिहान ९ बजेदेखि दिउँसो साढे ३ बजेसम्म उनको बयान लिइएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *