रास्वापाको चितवनमा खबरदारी सभा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले बिहीबार चितवनमा खबरदारी सभा आयोजना गरेको छ ।

आफ्नो पार्टी सभापति रवि लामिछानेलाई रातारात पोखरा लैजानु मानव अधिकारकोविरुद्ध रहेको रास्वपाले दाबि गरेको छ साथै बुधबार भएको झडपमा प्रहरीले दमन गरेको लगायत विषयमा आज खबरदारी सभा आयोजना गरेको जनाएको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा लामिछानेलाई पोखराबाट काठमाडौँ र मंगलबार चितवन ल्याइ प्रहरीले अनुसन्धान गरिरहेको छ । लामिछानेलाई पुन म्याद थप गरेपछि पर्सा लैजाने प्रहरीको तयारी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *