लामो समयपछि नेपाली फिल्म ‘प्रेम गीता’बाट कम ब्याक गर्दै नायिका आशा 

काठमाडौँ । ग्रिन प्यारोटस् फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा नेपाली कथानक चलचित्र  ‘प्रेम गीता’ को छायाङ्कन केही दिनदेखि काभ्रेमा जारी छ ।

चलचित्रको छायाङ्कन काभ्रे जिल्लाको पाँचखालबाट सुरु भएको हो । चलचित्र ‘प्रेम गीता’ राजेन्द्र बस्नेतको डेब्यू निर्देशन फिल्म हो । उनले यसअघि फिल्म ‘कम्पन’ ‘काउसो’ जस्ता धेरै नेपाली फिल्म निर्माण गरेका थिए । फिल्ममा सुशील पोखरेल देखि जाह्नवी बस्नेत, साजिद खान, आशा पौडेल, अर्जुन गुरुङ (भँगेरी डन) लगायत कलाकारहरूले अभिनय गर्नेछन् । उक्त चलचित्रका निर्देशक राजेन्द्र बस्नेत यो नाम नेपाली चलचित्र क्षेत्रको लागि नौलो नाम भने होइन । उनले यसअघि फिल्म ‘कम्पन’ ‘काउसो’ जस्ता धेरै नेपाली फिल्म निर्माण गरिसकेका छन् । 

साथै उनले मस्ट वान्टेड, आवारा, सम्पन्न जस्ता थुप्रै नेपाली फिल्ममा अभिनय गरिसकेका छन् । अब उनी  ‘प्रेम गीता’बाट निर्देशनको क्षेत्रमा पनि आफ्नो कौशल देखाउने र आफूमा भएको सम्पूर्ण अनुभव प्रयोग गर्ने उत्साहको साथ फिल्म निर्देशनमा जुटेका छन् । 

बस्नेतद्वारा निर्देशित फिल्म ‘प्रेम गीता’बाट नयाँ तथा पुराना थुपै अनुहारहरूको फिल्म जगतमा आगमन भएको छ । यसैबिचमा १३ वर्ष देखि नेपाली चलचित्र क्षेत्रबाट पलायन नायिका आशा पौडेलको समेत कम ब्याक हुने भएको छ  । १३ वर्ष देखि आफ्नो परिवारसँग भारतको दिल्लीमा बस्दै आएकी नायिका फिल्म  ‘प्रेम गीता’बाट चलचित्र क्षेत्रमा कम ब्याक गर्दै गरेको कुरा सत्याग्रह अनलाइनलाई निर्देशक बस्नेतले बताएका छन् । 

जिन्दगी, दाइको ससुराली जस्ता सफल चलचित्रमा आफ्नो कुशल अभिनय प्रस्तुत गरिसकेकी नायिका पौडेलले अब आफ्नो अभिनयलाई फेरी चलचित्र ‘प्रेम गीता’ मार्फत प्रस्तुत गर्दै छिन् । उनी भन्छिन्- ‘मलाई धेरै फिल्मको अफर आएको थियो, तर मलाई फिल्म प्रेम गीताको कथा बस्तु असाध्धैमन पर्‍यो त्यसैले यो फिल्ममा काम गर्न म यहाँ आए’। साजिद खान प्रस्तुत कर्ता रहेको फिल्ममा अयाज अलि खान निर्माता रहेका छन् । निर्देशक बस्नेतका अनुसार काठमाडौँ र काभ्रे आसपासमा रहेर २५ दिनको समय तालिकामा फिल्म छायाङ्कन हुनेछ । 

यस फिल्मका कथाकार सीताराम ढुङ्गेल (सीरा अगस्त्य) हुन । भने पटकथा तथा संवाद मौनता श्रेष्ठको रहेको छ । फिल्ममा रामेश्वर हुँमागाईंको छायाङ्कन, भरत बस्नेतको सङ्गीत, राजु किराँतको द्वन्द्व र रामजी लामिछानेको कोरियोग्राफि रहेको छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *