गुरु चेला
गुरु हरि प्रसाद चालिसे
चेला बिश्र्वनाथ ढुङगेल
गुरु तिम्रो सम्झनामा
मन मेरो सधै लागोस्
तनमन माया प्रिति
उच्च बिचार भरि जागोस् ।।१
गुरु तिमिलाई पाएं आज
खुसि भयो मेरो मन
संझनाको प्यारो मायाँ
हुन्छ हुन्न ठुलो धन।
मेरो मनको शक्ति रुप
पावनको छ भावना
भाग्य रेखा कोर्या दिन
शुभ शुभकामना । २
भारि हामी विसाउं
जिवन हाराहारि
हामिलाई ज्ञानमाला
दिन्छौ बराबरि ।३
खोट छैन तिमीमा
जुन छ भावना
भाग्य रेखा कोर्या दिनको
शुभ शुभकामना । ४
भारि भन्दा विशाल यो
हजुर हाम्रो मन
केलाई चाहियो अहङकारि
वदनियति धन ।५
ज्ञान लिनु दिनु सानो
हुन्न रैछ भावना
भाग्य रेखा कोर्या दिनको
शुभ शुभ कामना ।६
गुरुजनले दिन्छन ज्ञान
हासि रम्ने पाटो
अज्ञानिको हैन दिने
दिन्छन सम्य बाटो ।७
स्वस्थ जीवन रहोस् तिम्रो
चिरायु भावना
भाग्य रेखा कोर्या दिनको
शुभ शुभकामना ।८
पर्खिएर पर्खिदैन
समयले हामिलाई
तर्किएर तर्किदैन
भाव सधैं बुझनेलाई ।९
दयाभाव भन्ने मेरो
सधैभरि छ चाहाना
भाग्य रेखा कोर्या दिनको
शुभ शुभकामना ।१०
पौरख र उन्नतिमा
तिम्रो सिमा छैन ।
व्याखा मैले गर्नुपर्ने
सिपालु म हैन ।१२
सधै भरि निरोगिमा
देखि रहुं चाहना ।
भाग्य रेखा कोर्या दिनको
शुभ शुभकामना ।१३
शुभ साईत मिलोस् सधैं
खोट मनमा हुन्न
मनको भाव घट्दै गए
दिल किन रुन्न ।१४
गाउंघरको खाना मिठो
रोटि ढिडो पिठो
अझै देख्छु गुरुलाई
म भन्दानि ठिटो
सधै तिम्रो साथ मिलोस्
भन्छु यहि भावना
भाग्य रेखा कोर्या दिनको
शुभ शुभकामना ।१५
केही गर्न सकिएन
गुरु शिक्षा मागे
धेरै पछि भेट हुदां
मनहर्षमा लागे ।
गुरु तिम्रो शरणमा
दत्तचित्त भावना
चिरायु र दिर्घायुको
शुभ शुभकामना ।।१६
(हाल अष्टेलिया)