प्रिमियम पीकअपको नेपाली बजारमा टोयोटाको एकछत्र राज
काठमाडौं । प्रिमियम पीकअपको नेपाली बजारमा टोयोटाको हाइलक्सले एकछत्र राज गरेको तथ्यांकले देखाएको छ । पछिल्लो साढे ४ महिनामा हाइलक्स फोर ह्विल (फोर डब्लु डी) ३९ युनिट आयात भएका छन् । यो कुल आयातको ७८ प्रतिशत हो । यो अवधिमा ५० युनिट आयात भएका छन् । यो चीनबाहेकका देशबाट आयात भएका पीकअपहरुको तथ्यांक हो । टोयोटाको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि हो । टोयोटा हाइलक्सको नेपाली बजारमा १ करोड २ लाख रुपैयाँदेखि १ करोड ३९ लाख रुपैयाँसम्म पर्छ । नेपाली बजारमा टोयोटाको हाइलक्स अत्यन्त सुचाइएको ब्राण्ड हो । सरकारी आयोजनादेखि निजी क्षेत्रका आयोजनाले समेत प्रयोग गर्ने गरेका छन् ।
दोस्रोमा फोर्डको रेन्जर फोर ह्विल छ । यो ८ युनिट आयात भएको छ । यो कुल आयातको १६ प्रतिशत हो । फोडको रेन्जर १ करोड रुपैयाँ माथि पर्छ । फोर्डको नेपालका लागि आधिकारिक बिक्रेता जियो अटोमोबाइल प्रालि हो । जियो अटो मोबाइल आकाश गोल्छाको कम्पनी हो। निशानको नभारा १ युनिट आयात भएको छ । यो कुल आयातको २ प्रतिशत हो । मित्सुबिसीको एलटुहन्डेड फोर ह्विल २ युनिट आयात भएको छ । यो कुल आयातको ४ प्रतिशत हो । मित्सुबिसी जापानी ब्राण्ड हो । मित्सुबिसीको नेपालका लागि आधिकारिक बिक्रेता लायन मोटर्स प्रालि हो । जुलाईमा १२ युनिट, अगष्ट ७ युनिट , सेप्टेम्बरमा १७ युनिट, अक्टोबरमा ११ युनिट र नोभेम्बर १५ तारिखसम्म ३ युनिट गरी कुल ५० युनिट आयात भएको छ ।