सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको छ ।

खेल बराबरी भएपछि सुपर ओभरमा पुगेको खेलमा पोखराले पहिले ब्याटिङ गर्दै १८ रन बनाएको थियो । उक्त १९ रनको लक्ष्य पाएको विराटनगरले ५ रन मात्र बनाएपछि पोखरा विजयी भएको हो ।

पहिलो इनिङमा विराटनगरले १३९ रन मात्रै बनाएको थियो । जितका लागि पाएको १४० रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १३९ रन मात्रै बनायो । एनपिएलमा यो पहिलो सुपरओभर हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *