छोरालाई होमवर्क गराइरहँदा हृदयघात भएपछि
चीनमा छोरालाई होमवर्क गराइरहँदा एक पितालाई हृदयघात भएको छ । छोरालाई होमवर्क गर्न सघाइरहेको समयमा ती पुरुष यति रिसाए कि अचानक मुटुमा समस्या भएर झन्डै ज्यान गुमाएनन् । घटना चीनको झेजियाङ प्रान्तको हो । जाङ थर गरेका ४० वर्ष आसपासका ती पुरुषले घटनाको समयमा उच्च माध्यमिक तहमा पढिरहेका छोरालाई प्रवेश परीक्षाको तयारीमा सघाइरहेका थिए । बाउ छोराबिच स्थिति यति तनावपूर्ण बन्यो कि झाङलाई तु दौडाएर अस्पतालमा नै पुर्याउनुपर्यो । अस्पतालमा उनलाई हृदयघात भएको थाहा भयो । तत्कालै ‘सर रन रन श’ अस्पतालका डाक्टरहरूले मुटुको आकस्मिक बाइपास सर्जरी गरेर पुरुषलाई बचाए । परीक्षाको तयारी शुरु भएदेखि नै झाङ र उनको छोराबिचको सम्बन्ध तनावमय बनेको थियो । हरेक रात बाउछोरा मिलेर अभ्यास गर्थे । यस्तै एक अभ्यासका क्रममा झाङ यति रिसाए कि उनलाई हृदयघात नै भयो । चीनमा यो नौलो घटना भने होइन । त्यहाँ बच्चालाई होमवर्क विशेषगरी गणित सिकाउने क्रममा अभिभावकलाई हर्ट अट्याक र स्ट्रोकका घटना बढेका छन् ।