बढ्यो नेप्से परिसूचक, २६२६ अंकमा पुग्यो

काठमाडौँ । मंगलबार सेयर बजार २६२६ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १४.११ अंक बढेको हो । कारोबार भइरहँदा दिउँसो १२ स् २५ बजे नेप्से २६४५ अंकसम्म पुगेको थियो ।

कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ५ अर्ब २० करोडको भयो । १६७ कम्पनीको मूल्य बढ्दा ७१ को घट्यो भने ६ को स्थिर रह्यो । उत्पादन समूह २.३२ प्रतिशत तथा व्यापार ०.४५ प्रतिशत घटे । तिबाहेक सबै सेक्टरका सूचक बढेका छन् । विकास बैंक सबैभन्दा धेरै १.७५ प्रतिशत बढ्यो । बैंकिङ ०.७६, फाइनान्स १.६२, होटेल तथा पर्यटन ०.९४, हाइड्रोपावर ०.७१, लगानी ०.९६, जीवन बीमा ०.२८, माइक्रोफाइनान्स ०.९५, निर्जीवन बीमा ०.५६ र अन्य ०.४९ प्रतिशत बढे ।

आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त, सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । न्यादी हाइड्रोपावरको ८.६, सप्तकोशी विकास बैंकको ७.५ प्रतिशत बढ्यो । सपोर्ट माइक्रोफाइनान्सको १०, जानाकी फाइनान्सको ८ तथा युनिलिभर नेपालको ७.२ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा जानाकी फाइनान्स, जोशी हाइड्रोपावर, नेपाल फाइनान्स, माउन्टेन इनर्जी नेपाल र न्यादी हाइड्रोपावर क्रमशः अगाडि रहे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *