सुनचाँदीको भाउ सामान्य घट्यो
काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य सामान्य घटेको छ ।
मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार प्रतितोला एक सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि सामान्य घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।