लक्ष्मी सनराइज बैंकको चौबिसौं वार्षिक साधारणसभा सम्पन्न
काठमाण्डौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भयो । साधारण सभाले बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु २४ अर्ब ३४ करोड पुगेको छ । साधारण सभाले आर्थिक वर्ष २०८०।८१ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।
साथै आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ । आ.व. २०८०।८१ मा रु ३३३ अर्ब निक्षेप र रु २५८ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु ३९५ अर्ब रहेको छ । सो आ.व.मा बैंकले २ अर्ब ९२ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।