श्रेयस अय्यर बने आइपिएल पञ्जाब किंग्स टिमको कप्तान

काठमाडौँ । पञ्जाब किंग्सले आईपीएल २०२५ को लागि आफ्नो नयाँ कप्तानको घोषणा गरेको छ ।  फ्रान्चाइजले श्रेयस अय्यरलाई नयाँ कप्तानको रूपमा छनोट गरेको हो । 

नयाँ जिम्मेवारी पाएपछि दायाँहाते ब्याट्सम्यानले भने, ‘टोलीले ममाथि विश्वास व्यक्त गरेकोमा म सम्मानित महसुस गर्छु । म फेरि प्रशिक्षक पोन्टिङसँग काम गर्न उत्सुक छु । मलाई आशा छ, म मेरो पहिलो उपाधि जितेर टोली व्यवस्थापनले देखाएको विश्वासको ऋण चुकाउन सक्षम हुनेछु ।’ आईपीएल २०२५ को मेगा अक्सनमा पञ्जाब किंग्सले श्रेयस अय्यरलाई कीर्तिमानी मूल्यमा आफ्नो टोलीमा समावेश गरेको छ । पञ्जाबले श्रेयसका लागि २६.७५ करोड रुपैयाँमा अक्सनमा किनेको हो । गत सिजन, शिखर धवनको अनुपस्थितिमा साम करन पञ्जाबको नेतृत्व गरिरहेका थिए, तर यस पटक पञ्जाबले उनलाई रिटेन गरेन । श्रेयसले गत सिजन कोलकाता नाइट राइडर्स (केकेआर) को जिम्मेवारी सम्हालेका थिए र उनको कप्तानीमा टोलीले १० वर्षपछि उपाधि जितेको थियो । 

पञ्जाब किंग्स आइपीएलमा श्रेयस अय्यरको करियरको तेस्रो टोली हो । यसअघि उनले कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबाट खेलिसकेका छन् । २०२२ मा कोलकाता नाइट राइडर्स (केकेआर) मा सामेल भएपछि, अय्यरले आफ्नो कप्तानीमा २०२४ मा कोलकातालाई तेस्रो उपाधि दिलाए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *