कांग्रेसका सबै मन्त्रीलाई देउवाले बोलाए निवासमा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरूलाई छलफलका निम्ति बोलाएका छन् । देउवाले कांग्रेसतर्फका मन्त्रीहरूलाई बिहीबार (भोलि) बिहान ८ बजे बूढानीलकण्ठस्थित आफ्नो निवासमा आउन भनेका छन् । सभापतिज्यूले कांग्रेसका सबै मन्त्रीलाई छलफलका लागि बोलाउनुभएको छ ।
मन्त्री भएपछि आफूले गरेको कामको प्रगति विवरण र सामना गर्नुपरेका समस्याहरू ब्रिफिङ गर्न बोलाउनुभएको हो, सभापति देउवाका स्वीकयसचिव भानु देउवाले भने । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा कांग्रेसतर्फबाट आठ मन्त्री छन् । मन्त्रीहरूको कामका विषयमा जनगुनासो बढेपछि देउवाले छलफलका निम्ति बोलाएका हुन् ।