धरानका मेयर साम्पाङ रित्तो गाग्री बोकेर काठमाडौँमा

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर काठमाडौँ आइपुगेका छन् ।

केही बेरअघि त्रिभुवन विमानस्थल उत्रिएका उनले सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाबका लागि आएको बताए । हिजो उनले समर्थकहरूलाई भेला पारेर भानु चोकमा गाग्रीसहित प्रदर्शन गरेका थिए ।

साम्पाङले भोलि खाली गाग्रीसहित सिंहदरबार छिरेर खानेपानी मन्त्री र प्रधानमन्त्रीलाई भेट्ने बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *