क्रेटा ईभी फागुनको अन्तिमतिर नेपाल आउँदै
काठमाडौं । हुन्डाईको नयाँ क्रेटा इभी फागुनको अन्तिम साता नेपाल आइपुग्ने भएको छ । नेपालका लागि हुण्डाई ब्राण्डको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फेब्रुअरी महिनाको अन्तिम साता क्रेटाको ईभी भर्जन नेपालमा भित्राउन लागेको जनाएको हो । ग्राहकहरूमा क्रेटा ईभी प्रति आकर्षण देखिएको लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले जानकारी दिए । उनका अनुसार भारतमा यो गाडी लन्च भएसँगै नेपाली ग्राहकमा पनि आकर्षण बढेको हो । क्रेटा ईभीमा ८ किलोमिटर,किलोवाट घण्टा उत्कृष्ट कार्यक्षमता छ जसले दिगो ड्राइभिङ अनुभव सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।
के के छन् विशेषता ?
विविध आवश्यकताका लागि दुई ब्याट्री विकल्पः ४२ किलोवाट आवर्स ब्याट्री प्याक (प्रारम्भिक संस्करण) अटोमोटिभ रिसर्च एसोसिएसन अफ इन्डिया (एआरएआई) का अनुसार यसको प्रमाणित रेन्ज ३९० किलोमिटर रहेको छ । नेपालको लागि वास्तविक रेन्ज भूभाग र ड्राइभिङ अवस्थाअनुसार करिब ३००,३३० किमी रहेको छ । ५२ किलोवाट आवर्स ब्याट्री प्याक (लङ रेन्ज संस्करण)ः एआरएआईका अनुसार यसको प्रमाणित रेन्ज ४७३ किलोमिटर रहेको छ । नेपालको लागि वास्तविक रेन्ज भूभाग र ड्राइभिङ अवस्थाअनुसार करिब ३९०–४२० किमि रहेको कम्पनीले जनाएको छ ।
नेपालको अनौठो भूभागका लागि डिजाइनः २०० एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स जसले दुर्गम र विविध सडकहरूमा सजिलो यात्रा सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । उच्च टर्क डेलिभरीले सहरी सडक, पहाडी क्षेत्र, र अफ(रोड अवस्थाहरूमा उत्कृष्ट प्रदर्शन प्रदान गर्दछ ।
उन्नत सुरक्षाका साथै ऊर्जा कार्यक्षमता
रिजेनेरेटिभ ब्रेकिङ प्रणालीले बारम्बार ओरालो ड्राइभिङको बेला ऊर्जाको अधिकतम पुनःप्राप्ति सुनिश्चित गर्दछ । एडीएएस प्रणालीले सुरक्षालाई थप सुदृढ बनाउने कम्पनीले जनाएको छ । चिसो मौसममा उत्कृष्ट प्रदर्शनः यसमा उन्नत थर्मल व्यवस्थापन र ब्याट्री हिटिङ प्रणाली रहेको छ, जुन हिमाली क्षेत्रका लागि उपयुक्त छ ।
छिटो र सजिलो चार्जिङः ११ किलोवाट एसी होम चार्जिङ क्षमताले गाडीलाई केवल ४ घण्टामा पूर्ण चार्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।
क्रेटा ईभीमा भेन्टिलेटेड सिट, प्यानोरामिक सनरूफ र उन्नत इन्फोटेनमेन्ट प्रणाली रहेको छ । कम्पनीले यो गाडी नेपाल भित्र्याउने भएसँगै पूर्वाधार निर्माणमा पनि आक्रामक ढंगले अगाडि बढेको छ । ग्राहकलाई चार्जिङ स्टेसनसँगै सर्भिसको पनि सुविधा एकैठाउँमा दिन कम्पनीले ‘चार्ज सप’ निर्माण गर्न लागेको थपलियाले जानकारी दिए । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा हाल हुन्डाईको ईभीमा कोना र आयोनिक फाइभ बिक्री वितरण गरिरहेको छ ।