गैरकानुनी रुपमा अमेरिका बस्ने भारतीयहरूलाई फर्काउन भारत तयार

काठमाडौँ । भारतका विदेश मन्त्री एस. जयशंकरले गैरकानुनी रूपमा अमेरिकामा बसिरहेका भारतीयहरूलाई स्वदेश फिर्ता गर्न तयार भएको बताएका छन् ।

भारतीय मिडिया दि प्रिन्टका अनुसार जयशंकरले ‘वैधानिक फिर्तिको लागि खुला’ भएको बताएका छन् । जयशंकरले अमेरिकी समकक्षी मार्को रुबिओलाई यो जानकारी दिएको पनि बताएका छन् । सोमबार अमेरिकाको ४७ औँ राष्ट्रपति चयन भएका डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीहरूलाई धमाधम उनीहरूकै देशमा फिर्ता गर्ने, दक्षिणी सीमामा संकटकाल लगाएर सेना परिचालन गर्ने लगायतका मुद्दामा जोड दिएसँगै भारतीय विदेश मन्त्रीको यस्तो कुरा आएको हो ।

भारत सबैभन्दा धेरै गैरकानुनी आप्रवासी अमेरिका प्रवेश गर्ने एक स्रोत मुलुक हो । सन २०२४ को तथ्यांक अनुसार मेक्सिको, होन्डुरस, ग्वाँटेमाला पछि भारतबाट गैरकानुनी रूपमा अमेरिका पुग्नेहरूको ताँती चौथो ठूलो संख्यामा छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *