सभामुख घिमिरेसँग पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतक छलफलमा

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदका प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल शुरु गरेका छन् ।

सभामुख घिमिरेले आज प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरबारमा छलफल शुरु गरेको सभामुखको सचिवालयले जानकारी दिएको हो । यही माघ १८ गतेका लागि संसद्को हिउँदे अधिवेशन आह्वान गरिएकोले त्यसको तयारी स्वरूप सभामुखले छलफल थालेका हुन् । 

संसद्को हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी रहेको छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *