संघीय संसद अन्तर्गत शिक्षा समितिको बैठक बस्दै
काठमाडौँ । संघीय संसद अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ ।
संसद सचिवालयका अनुसार बैठक दिउँसो साढे १२ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा हुनेछ ।
बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

















