आइसिएफसी फाइनान्सको डिबेञ्चर बाँडफाँट सम्पन्न
काठमाण्डौं । आइसिएफसी फाइनान्स लिमिटेडले जारी गरेको ‘९ प्रतिशत आइसिएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ ऋणपत्र बाँडफाँट सम्पन्न भएको छ । फाइनान्सले गत माघ ९ गतेदेखि ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता डिबेञ्चर जारी गरेको हो। सो मध्ये १८ करोड रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट समानुपातिक रुपमा बाँडफाँट गरिएको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ ।
बाँकी १२ करोड रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याएर १ लाख १४ हजार कित्ता सर्वसाधरणलाई बाडँफाट गरिएको हो । सर्वसाधारणहरुबाट जम्मा ७ हजार २४७ जना आवेदकहरुबाट ६ लाख ३१ हजार ३५७ कित्ता ऋणपत्रको लागि आवेदन परेको थियो । स्वीकृत विवरणपत्रमा भएको व्यवस्था अनुसार गोलाप्रथा बिधिद्धारा ४ हजार ५६० जना आवेदकहरुलाई १ लाख १४ हजार कित्ता ऋणपत्र बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।