सीटीईभीटीले दियो विद्यार्थीलाई ५ करोड बढीको छात्रवृत्ति
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले विभिन्न समुदायका छात्रहरूलाई सशक्त र आत्मनिर्भर बनाउने उद्देश्यले ५ करोड बढीको छात्रवृत्ति दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८१।०८२ मा दलित, मुसलमान, विपन्न तथा सिमान्तकृत समुदायका ३६० जनालाई ४ करोड ५० लाखको छात्रवृत्ति दिइएको जनाएको छ ।
त्यस्तै, सीटीईभीटीले प्राविधिक शिक्षाको पहुँच नपुगेका स्थानीय तहका १२० छात्रहरूलाई १ करोड ४४ लाखको छात्रवृत्ति दिएको छ । आवासीय छात्रवृत्तिसहित प्रशिक्षण निरन्तरताका कार्यक्रमहरू ५१ वटा शिक्षालयमा १ हजार ३ सय ५६ जनालाई १८ करोड ४० लाखको छात्रवृत्ति दिइएको छ । शिक्षा मन्त्रालयका अनुसार छात्रवृत्तिले लक्षित समुदायका छात्रहरूलाई सीप र ज्ञानसँगै अवसरहरू सिर्जना गरेको बताएको छ ।