निर्जीवन बीमा कम्पनीको ७ महिनाको व्यवसाय २४ अर्ब २७ करोड, शिखर इन्स्योरेन्स अग्रस्थानमा
काठमाडौं । चालु आर्थिक वर्ष २०८१।०८२ को ७ महिनामा निर्जीवन बीमा कम्पनीहरुले २४ अर्ब २७ करोड ४१ लाख १२ हजार रुपैयाँ को बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको माघसम्मको तथ्यांक अनुसार १४ वटा निर्जीवन बीमकले १६ लाख २१ हजार ६७९ वटा बीमालेख जारी गरी उक्त बीमा शुल्क आर्जन गरेका हुन् । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले १६ लाख ७१ हजार १०६ वटा बीमालेख जारी गर्दै २२ अर्ब ५१ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको व्यापार ७.८० प्रतिशतले बढेको छ। माघसम्म १० वटा बीमकको व्यापार बढेको छ भने ४ वटा बीमकको घटेको छ। यस अवधिमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सको व्यवसाय रहेको छ । कम्पनीले ७ महिनामा तीन अर्ब १३ करोड रुपैयाँ बराबर कुल बीमा शुल्क आर्जन गरेको छ ।
कम्पनीका दक्ष उच्च व्यवस्थापक र सरहल र सहज बीमा दावी भुक्तानीका कारण व्यवसाय सर्वाधिक रहेको कम्पनीले जनाएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २ अर्ब ८९ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। दोस्रो धेरै व्यापार भित्र्याउनेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ। यो कम्पनीले चालु आर्थिक वर्षको माघसम्म २ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधसिम्म कम्पनीले २ अर्ब ६७ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। तेस्रोमा सर्वाधिक व्यापार भित्र्याउने सिद्धार्थ प्रिमियर कम्पनी रहेको छ। समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २ अर्ब २६ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। यसैगरी चालु आर्थिक वर्षको माघसम्म आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब २ करोड ६८ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब ९५ करोड २ लाख रुपैयाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सले १ अर्ब ९२ करोड १८ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब ६२ करोड १६ लाख रुपैयाँ र ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ५२ करोड ५२५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। चालु आर्थिक वर्षको माघसम्म युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ४० करोड १४ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ३८ करोड ५२ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले १ अर्ब २५ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। उता समीक्षा अवधिसम्म प्रभु इन्स्योरेन्सले १ अर्ब ३ करोड ८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ९४ करोड ५ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले ६९ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।