साल्ट ट्रेडिङले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?
काठमाण्डौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ५८औं वार्षिक साधारणसभा चैत १५ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । सभाले चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पारित गर्नेछ । त्यस्तै, ऋण सुविधा लिने र प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा पीडितका लागि जम्मा गरेको राहत रकम पनि स्वीकृत गरिनेछ ।
गत आवका सम्पूर्ण वित्तीय प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवका लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने काम पनि सभाले नै गर्नेछ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत १ देखि १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।