परराष्ट्रमन्त्री चढेको विमान कोलकाता डाइभर्ट

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा चढेको विमान कोलकाता डाइभर्ट भएको छ ।

दोहाबाट आइरहेको कतार एयरलाइन्सको जहाज खराब मौसमका कारण काठमाडौं ओर्लन नसकेपछि कोलकाता ल्यान्ड भएको हो । काठमाडौंमा ओर्लन धेरै कोसिस गरेतापनि मौसमले साथ नदिएपछि कोलकाता लगिएको मन्त्रीका सल्लाहकार एकराज पाठकले जानकारी दिएका छन् ।

मन्त्री राणा जेनेभामा राष्ट्रसंघको बैठकबाट स्वदेश फर्कदै थिइन् । आज बिहान काठमाडौं उपत्यकामा हल्का पानी परेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *