प्रधानमन्त्री ओलीसँग सचेत रहन देउवालाई माधव नेपालको आग्रह

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग सचेत रहन आग्रह गरेका छन् ।

आज (शुक्रबार) जनता समाजवादी पार्टी (जसपा) नेपालले आयोजना गरेको भूमि अध्यादेशबारे आयोजित अन्तरक्रिया कार्यक्रममा संविधान संशोधनको नाममा अर्को गठबन्धन बनाएको टिप्पणी गरेका छन् । उनले भने, ‘संविधान संशोधन गर्ने नाममा एउटा अर्को गठबन्धन ल्याइयो । अब त संशोधन होला भनेको, ०८७ मा संशोधन गर्ने कुरा फेरि सुरु भयो । ०८७ सम्म यही प्रधानमन्त्री टिक्ने हो कि, बस्ने हो कि ? होसियार है, शेरबहादुरजी तपाईँले खुबै विश्वास गर्नुहुन्छ । फेरिसँगै स्वर्ग जाउँला भनेर मक्ख परेर बस्नुभएको होला । नर्क पुर्‍याइदेलान् है होस् गर्नुस् ।’

संविधानमा हुँदै नभएको प्रावधानबाट प्रतिनिधि सभा विघटन गरेको इतिहास पुरानो नभएको भन्दै विधि नमान्ने पृष्ठभूमि रहेका प्रधानमन्त्रीबाट सही उद्देश्यले अध्यादेश ल्याइएको भनेर आश गर्ने ठाउँ नरहेको जिकिर गरे । उनले भूमिसम्बन्धी समस्याको समाधान गर्नुभन्दा पनि आफ्नाहरूलाई पोस्नको लागि सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको आरोप लगाए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *