काठमाडौंमा ‘एमएडब्लू ईभी कार्निभल’ १८ फागुनदेखि

काठमाडौं । नेपालमा दिपाल, नामी र सेरेसको आधिकारिक वितरक एमएडब्लू वृद्धिले नेपालको सबैभन्दा ठूलो ईभी कार्निभल आयोजना गर्ने भएको छ । काठमाडौं नक्सालमा रहेको अमरपाली बैंक्वेटमा १८ फागुनदेखि २१ फागुनसम्म कार्निभल आयोजना हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कार्निभल बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म दैनिक सञ्चालन हुनेछ । उपत्यका बाहिरका सम्बन्धित शोरुमहरूमा पनि यो कार्निभल आयोजना हुनेछ । विराटनगरमा यो कार्यक्रम कञ्चनजङ्घा बैंक्वेटमा आयोजना हुनेछ । चार दिनसम्म चल्ने नेपालकै ठूलो ईभी कार्निभल ग्राहकले पछिल्लो समयमा नेपालमा निकै रुचाइएको र चर्चा कमाइरहेको दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ गर्नुका साथै अफरको फाइदा उठाउँदै ईभी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यो एक्सक्लुसिभ कार्निभलमा ग्राहकले नेपालमा भर्खरै सार्वजनिक भएका संसारकै पहिलो ट्रान्सफर्मर एसयूभीको अनुभव पनि गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो कार्यक्रममा ग्राहकले दिपलको चर्चित मोडल एस०७, एस०७एल, एल०७का साथै नामी बक्स र सेरेस थ्रिको टेस्ट ड्राइभ गर्न सक्ने छन् । तसर्थ यो इभेन्ट हरेक ईभीप्रेमीका लागि अभुतपूर्व अनुभवको हुने दाबी कम्पनीको छ । एमएडब्लू वृद्धि ईभी कार्निभलमा ग्राहकले हरेक ईभी मोडेलमा आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, फ्रि रोड ट्याक्स र अटोप्लस इन्स्योरेन्स पाउनेछन् । ग्राहकले टप ८ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट रिकन्डिसन भ्यालु पनि पाउनेछन् । यसका अलावा हरेक टेस्ट ड्राइभ र भ्यालुएसनमा पनि ग्राहकले उपहार पाउनेछन् । कार्निभलमा चांगानको अफरोड क्यापाबल र स्टाइलिस हन्टर पिकअप पनि डिस्प्लेमा राखिनेछ जसलाई मात्र १० लाख रुपैयाँ डाउनपेमेन्टमा खरिद गर्न सकिने कम्पनीले जनाएको । हरेक दिन बुकिङ गर्नेमध्ये भाग्यशाली एक जोडीले नगरकोटस्थित कन्ट्री भिल्लामा फ्रि नाइट स्टे पाउनेछन् भने बम्पर उपहारमा बुकिङ गर्ने एक जनाले लक्की ड्रमार्फत आईफोन१६ प्रोम्याक्स पाउनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *