सिप्रदी ट्रेडिङलाई ७ प्रतिष्ठित अवार्ड
काठमाडौं । टाटा मोटर्सको अन्तर्राष्ट्रिय व्यवसाय नेटवर्कलाई जोड्ने ‘टाटा मोटर्स वन वर्ल्ड २०२४’ कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिले ७ उत्कृष्ट अवार्ड जितेको छ । साथै ‘पायोनिरिङ ईभी एक्सपान्सन’ का लागि विशेष कदर पत्र प्राप्त गर्दै नेपालले शून्य उत्सर्जन सवारीसाधनको विस्तारमा अघि बढ्ने प्रतिबद्धता पुनः स्थापित गरेको कम्पनीको भनाइ छ । सिप्रदी ट्रेडिङले नेपाललाई सबै प्रमुख सेग्मेन्टहरूमा सबैभन्दा उच्च बजार हिस्सा दिलाउँदै निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेको कम्पनीको भनाइ छ ।
यसले नेपाललाई कमर्सियल सवारीसाधन क्षेत्रमा अग्रणी स्थानमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको कम्पनीले जनाएको छ । सिप्रदी ट्रेडिङको यो उपलब्धि ग्राहकको विश्वास, टिमको निरन्तर मेहनत र टाटा मोटर्सका विश्वसनीय उत्पादनहरूको प्रतिफल भएको कम्पनीको भनाइ छ । सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले ग्राहकलाई उच्च गुणस्तरीय सेवा र सुलभ सवारीसाधन प्रदान गर्न सधैं प्रतिबद्ध रहेको भन्दै यी पुरस्कारहरूले ग्राहकलाई अझ उत्कृष्ट अनुभव प्रदान गर्ने प्रेरणा मिलेको बताए ।