टालियन गोलकिपर जियालुजी बुफोन नेपालमा

काठमाडौँ । विश्वकप विजेता इटालियन गोलकिपर जियालुजी बुफोन आज नेपाल आएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कपको फाइनलमा अतिथिका रूपमा बुफोन दिउँसो नेपाल आएका हुन् । केपी ओली कपको फाइनल खेल भोलि दशरथ रंगशालामा हुँदैछ । बुफनले भिडीयोमार्फत् नेपाल आउन लागेको जानकारी गराएका थिए । उनले भिडियोमा नेपालीमै सम्बोधन गरेका थिए ।

केपी ओली कपको उपाधिका लागि मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी क्लबले खेल्ने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *