चमेली साकोसको गुण्डु सदस्य सेवा केन्द्रको तेश्रो स्थापना दिवस
भक्तपुर । चमेली कल्याणकारी वचत तथा ऋण सहकारी संस्था लि। को सदस्य सेवा केन्द्र, गुण्डुको तेश्रो स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रम उक्त सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक एवं संस्थाका उपाध्यक्ष मिठाराम न्यौपानेको सभापतित्व, सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सुनपा ७ का वडा अध्यक्ष रविन्द्र सापकोटाको प्रमुख आतिथ्यता, संस्थाका अध्यक्ष प्रमोद घिमिरेको उपस्थिति एवम संस्थाको लेखा सु समितिका संयोजक, विभिन्न सहकारी संस्थाका अध्यक्ष एवं प्रतिनिधि, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि लगायत

संस्थाका विभिन्न समिति,उपसमिती, कर्मचारीहरु र उक्त क्षेत्रका शेयर सदस्यहरूको उपस्थितिमा आयोजित सो कार्यक्रममा गुण्डु सेवा केन्द्रका ईन्चार्ज दिव्या वर्मा बस्नेतले स्वागत मन्तव्य, संस्थाका सचिव दिपक कुमार न्यौपानेले हाल सम्मको संस्थागत गतिविधी र कोषाध्यक्षको तर्फबाट व्यवस्थापक सुदर्शन चौलागाईले आर्थिक कारोवारहरूको संक्षिप्त जानकारी गराउनु भएको उक्त कार्यक्रममा आमन्त्रित अतिथिहरूले शुभकामना मन्तव्य दिनु भएको थियो । कार्यक्रम सफल रूपमा सम्पन्न गर्न योगदान गर्ने सम्बद्ध सबैमा संस्थाले आभार व्यक्त गरेको छ ।
