विद्यार्थी दलको स्वार्थमा लाग्दा क्याम्पसमा तालाबन्दी गराएकोमा सांसद वाग्लेको आक्रोश

काठमाडौँ । सांसद डा. स्वर्णिम वाग्लेले विद्यार्थी राजनीतिक दलहरूले आफ्नो गुटको स्वार्थका लागि क्याम्पस बन्द गराएकोमा आक्रोश व्यक्त गरेका छन्।

उनले चेतनाको दियो बन्नुपर्ने विद्यार्थी संगठनहरू दलको गुटको स्वार्थमा लागेर क्याम्पसमा तालाबन्दी गर्ने अवस्था आउनु दुःखद् भएको बताए। प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै वाग्लेले एक सातादेखि एक हजारभन्दा बढी क्याम्पसमा गुटगत राजनीति देखिएको र क्याम्पसहरू बन्द भएकोमा दुःख व्यक्त गरे। चेतनाको थलो क्याम्पसमा दलका स्वार्थको ताण्डव नृत्य हुनु लज्जाजनक भएको उनको भनाइ थियो।

“बूढानीलकण्ठ स्कूलको गुणस्तर खस्कियो भन्दा मलाई दुःख लाग्छ, मैले पनि त्यही विद्यालयमा पढेको हुँ, बेलायतीले बनाइदिएको यो विद्यालयकै जस्तो शैक्षिक गुणस्तर अन्य विद्यालयको पनि बनाइनुपर्नेमा अहिले त्यसको पनि गुणस्तर खस्कन थालेको छ, नेपालमा स्ववियुको संरचना र भूमिका पुनःपरिभाषित गरिनुपर्छ,” उनले भने। क्याम्पसलाई पार्टीको खेलौना बनाएर राख्नु नहुने सांसद वाग्लेको विचार थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *