अवैध सेतो अण्डा नष्ट गर्दै सशस्त्र प्रहरी

जनकपुर । सशस्त्र प्रहरी बलले भारतबाट अवैध रूपमा आयात हुने सेतो अण्डा बरामद गरी नष्ट पार्ने कार्यलाई तीव्रता दिएको छ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध अण्डा, चल्ला, कुखुरा, मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न निर्देशन दिएपछि यो कदम चालिएको हो । सशस्त्र प्रहरी बलले फागुन महिनामा मात्र ३२४ क्यारेट सेतो अण्डा बरामद गरी नष्ट गरेको छ। चैत २ गते महोत्तरीमा ४५ क्यारेट अण्डा बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरी बल मधेस प्रदेश छिन्नमस्ता बाहिनी नम्बर २ मुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीले बताए।

सशस्त्र प्रहरीले नियमित रूपमा गर्दै आएको अण्डा नियन्त्रण कार्यलाई अभियानकै रूपमा अगाडि बढाएको छ। भारतबाट अवैध रूपमा भित्रिने वस्तुका कारण व्यवसायमा समस्या भएको र बर्डफ्लुको जोखिम बढेको भन्दै नेपाल लेयर्स कुखुरापालक सङ्घले मुख्यमन्त्री सिंहको ध्यानाकर्षण गराएको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *