बुडोल सामुदायिक सहकारीद्वारा ग्लोबल मनी विकको अवसरमा “विद्यालयमा बुसा” कार्यक्रम
काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा प्रगति प्रभात एकेडेमी बनेपामा “विद्यालयमा बुसा” कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल मनी विकको अवसरमा संस्थाले वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

संस्थाको उपाध्यक्ष प्रकाश भुर्तेलको संयोजकत्वमा सञ्चालित उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले श्रव्य दृश्य सामग्रीको प्रस्तुतीमार्फत वित्तीय बजार, वित्तीय संस्था र यसका प्रकारहरु, बचतको महत्व, पैसाको प्रयोग, ऋणको परिचय, व्यक्तिगत बजेट निर्माण, सहकारीको परिचय, जंक फुडको प्रयोग र यसले पार्ने नकारात्मक असर लगायतका विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा कार्यकारी अधिकृत रञ्जना सुवाल, बरिष्ठ अधिकृत उमेश आचार्य, सहायक विनिता तिमल्सिना सहित विद्यालयमा अध्ययनरत ५६ जना विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो ।