नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकी छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको ६१८ औं बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ बमोजिम उनलाई नियुक्त गरिएको हो ।
हाल बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे छन् भने सञ्चालक सदस्यमा सदस्यमा श्रेष्ठसहित प्रजन्य राजभण्डारी, मदन कुमार आचार्य, दिपंकर शाक्य उदय, कवि कुमार टिवरेवाला, शालिक राम बेल्बासे छन् ।