संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा अब सुनुवाइ वैशाख ३ गते

काठमाडौं । ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा अब ०८२ साल वैशाख ३ गते सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालत प्रशासनले केहीबेरअघि ३ वैशाखका लागि तारेख तोकेको हो । आजको सुनुवाइमा रिट निवेदक कानुन व्यवसायीहरूले दैनिक रुपमा मुद्दाको सुनुवाइ गर्न माग गरेका थिए । तर, इजलासको नेतृत्व गरेका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अन्य व्यवहारिक काम पनि भएकाले दैनिक रुपमा सुनुवाइ गर्न कठिनाइ भएको जवाफ दिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *