एससीटीले ल्यायो ‘एससीटी स्मार्ट वेनस्डे’ अफर
काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले नेपालमा १ सय २० शाखा रहेको चेन स्टोर बिगमार्टमा ‘एससीटी स्मार्ट वेनस्डे’ अफर सुरु गर्ने भएको छ । यस अफर अन्तर्गत ग्राहकले बिगमार्टमा एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा एकपटकमा १० प्रतिशत, अधिकतम १ सय रुपैयाँ हुने गरी छुट प्राप्त गर्नेछन् । यसका लागि भुक्तानी गर्न एससीटी–यूपीआई कार्ड प्रयोग गरी पीओएस मेसिन मार्फत नै भुक्तानी गर्नुपर्छ ।
यो अफर ६ महिनासम्म हरेक बुधबार बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ । एससीटीले हाल २१ बैंक तथा वित्तीय संस्था र १ सयभन्दा बढी सहकारी संस्थामार्फत एससीटी–यूपीआई कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबार प्रोत्साहन गर्ने उद्देश्य छ । एससीटी–यूपीआई कार्ड नहुने ग्राहकले पनि यस अफरमा सहभागी हुन आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी–यूपीआई कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नेछन् ।