काठमाडौंको तीनकुने तनावग्रस्त, जे देखियो (तस्विरहरु)

काठमाडौँ । काठमाडौंको तीनकुने तनावग्रस्त बनेको छ । प्रदर्शनका लागि तोकिएको घेरा तोड्न प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढासमेत प्रहार गरेका छन् । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

राजावादी समूहले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि अवस्था तनावग्रस्त बनेको हो । अवस्था तनाव बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । अश्रुग्यास प्रहार गरेपछि यतिवेला राजावादीको प्रदर्शन तितरवितर भएको छ । यसअघि पनि उनीहरू बानेश्वरतर्फ जान खोजेपछि प्रहरीले उनिहरुलाई सम्झाएको थियो । प्रहरीले बल प्रयोग गरेर अश्रुग्यास प्रहार उनीहरू पछि हटेका छन् ।

अहिले राजावादीहरुले प्रहरीलाई ढुंगा प्रहार गरिरहेका छन् भने प्रहरीले पनि प्रदर्शनकारीलाई आक्रमण गरिरहेको छ । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले व्यवसायीलाई दुर्गा प्रसाईंलाई आन्दोलनमा जनपरिचालनको जिम्मा दिएको छ । उक्त आन्दोलनमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको समेत साथ रहेको छ ।

तस्विरमा हेर्नुहोस्

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *