पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्कन संवैधानिक रोक छैन- अध्यक्ष प्रचण्ड

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पुनः राजनीतिमा फर्कन संवैधानिक तथा अन्तर्राष्ट्रिय प्रचलनले कुनै बाधा नपुर्‍याउने बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष दाहालले यस्तो धारणा व्यक्त गरेका हुन्। माओवादी केन्द्रका अध्यक्ष दाहालले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफूबीच भएको भेटवार्ता शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विषयमा केन्द्रित रहेको जानकारी दिए।

अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन तीन प्रमुख राजनीतिक दलहरूबीच कुनै पनि मतभेद नरहेको स्पष्ट पारे।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *