जथाभाबी फोहर नबाल्न महानगरवासीलाई महानगरपालिकाको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुल्ला स्थानमा फोहर नबाल्न महानगरवासीलाई आग्रह गरेको छ ।

प्लास्टिकजन्य फोहरबाट निस्कने धुँवा मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जथाभाबी फोहर नबाल्न महानगरले आग्रह गरेको हो । महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले प्रदूषित वायुले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका रोगीलाई सबैभन्दा बढी हानि गर्ने बताइन्।

महानगरबाट फोहर संकलन गर्न आउने सवारी साधनमा सबै किसिमका फोहर विसर्जन गर्न उनले महानगरवासीलाई अनुरोध गरे । उद्योग कलकारखानालाई ‘प्रदूषण नियन्त्रण मापदण्ड,२०८१’ अनुसार गर्न पनि विभाग प्रमुख राईले आग्रह गरिन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *