सदनमा सशक्त रूपमा प्रस्तुत हुन अध्यक्ष प्रचण्डको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकका जायज माग पूरा गर्न सरकारलाई सुझाव दिएका छन् । उनले आफ्नो पार्टीका सांसदलाई निजामती सेवा ऐनलगायत विधेयक सदनबाट पारित गराउन सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिएका छन् ।

पार्टी संसदीय दलको आज भएको बैठकमा उनले शिक्षक, चिकित्सक तथा लघुवित्त पीडितहरूसँग आफ्नो संवाद भइरहेको सुनाउँदै सरकारलाई पनि समस्या समाधानतर्फ लाग्न सुझाएका अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । अध्यक्ष दाहालले संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्त्वपूर्ण विधेयकहरू संसद्बार पारित गराउन सबै सांसद सक्रिय हुनुपर्नेमा जोड दिएका थिए ।

‘तराई–मधेस जागरण अभियान’मार्फत माओवादीप्रति पुनः जनविश्वास स्थापित भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले जनाधार भएका व्यक्तिहरू पार्टीमा प्रवेश गरिरहेको र त्यसले संगठनलाई अझ मजबुत बनाएको बताए । बैठकमा पछिल्लो राजनीतिक परिदृश्य, सरकारको कार्यशैली, पार्टीको भूमिका र जनअपेक्षाबारे छलफल भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *