सरकार र शिक्षकहरुबीच आज अपराहन्न फेरी वार्ता हुने
काठमाडौं । सरकार र शिक्षकहरुबीच आज अपराहन्न फेरी वार्ता हुने भएको छ ।
यसअघि गएराती भएको वार्तामा भएको सकरात्मक छलफलपछि आज फेरी वार्ता हुन लागेको हो । आज हुने वार्ताका लागि शिक्षक महासंघले मंगलबार बिहान बैठक गरेर सरकारसँग भएको सहमतिको मस्यौदामा परिमार्जन गरेको बुझिएको छ । शिक्षामन्त्री रघुजी पन्तसहितको बैठकमा हिजो केही बुँदामा सहमतिको मस्यौदा तयार गरिएको थियो । सो मस्यौदामाथि आज शिक्षक महासंघले केहि परिमार्जन गरेर वार्तामा पेश गर्ने शिक्षक महासंघले तयारी गरेको छ ।
सरकारले पनि शिक्षकसँग सकेसम्म आज नै सहमति गरेर आन्दोलन अन्त्य गर्ने प्रयासमा रहेको बताएको छ ।