आज कति छ सुनचाँदीको मुल्य ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज मंगलबार सुन तोलाको पाँच सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमवार प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *