शिक्षक आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र नबनाउन सुझाव

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले शिक्षक आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र नबनाउन माओवादीलाई सुझाव दिएका छन् ।

आज (मंगलबार) प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै सांसद गैरेले पेशागत आन्दोलनबाट सरकारलाई अप्ठेरो बनाउने, सत्ता ढाल्ने अस्त्र बनाउने र त्यसैबाट आफू प्रधानमन्त्री हुने असफल प्रयत्न अन्त्य हुनुपर्ने समेत बताए । उनले छलफलमा एउटा कुरा गर्ने र सडकमा गएर अर्को कुरा गर्न खोजे नेपालको शिक्षाको बिकास हुन नसक्ने तर्क समेत राखे । विद्यालय शिक्षा विधेयक अघि नबढ्नुको आरोप सत्तापक्षलाई मात्रै लगाएर कसैले छुट नपाउने पनि उनले बताए ।

त्यस्तै गैरेले सडकमा शिक्षक र सुरक्षाकर्मीबीच झडप गराएर पनि छुट पाउने परिस्थीति नभएको उल्लेख गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *