एमालेले बालुवाटारमा बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक आह्वान गरिएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनका अनुसार शनिबार (भोलि) दिउँसो १ बजे बैठक बस्ने बर्तौलाले जानकारी दिए । बैठकमा नीति तथा कार्यक्रममाथि र बजेटमाथिको संसद्मा हुने छलफलबारे नेताहरूले ब्रिफिङ गर्ने बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *