रवि लामिछाने उच्च मनोबलका साथ न्यायको पर्खाइमा हुनुहुन्छ’
काठमाडौँ । पुर्वमन्त्री एवं मधेसवादी नेता हृदयश त्रिपाठीले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटघाट गरेका छन् ।
त्रिपाठीले शनिबार भैरहवा कारागार पुगेर रवि लामिछानेसँग भेट गरेको जानकारी दिएका हुन् ।
उनले भनेका छन्- ‘पुर्व उपप्रधानमन्त्री रवि लामिछाने जी सँग हिजो भैरहवा कारागारमा भेट भयो । प्रतिशोधको शिकार रविजी उच्च मनोबलका साथ न्यायको पर्खाइमा हुनुहुन्छ । खुन्खार सहकारी अपचलनका अपराधीहरु सत्ताको संरक्षकत्वमा अनुसन्धानको घेरा बाहिर घुम्दैछन । रविजी को विषयमा चर्चा गराएर आफ्नालाई जोगाउन सत्ता लागेको बुझिन्छ । भाइ देर है अन्धेर नहि – चेतना भया ।’