प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । प्रधानसेनापति महारथी अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी मान बहादुर महरालाई जंगी अड्डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
उपरथी महरा हाल संयुक्त राष्ट्रसंघको लेबनानस्थित युएनफिल मिसनमा डेपुटी फोर्स कमाण्डरको जिम्मेवारीमा कार्यरत छन् ।प्रधानसेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी मनोज थापा र महासेनानी अर्जुन बस्नेतलाई सहायक रथी दर्जाको र प्रमुख सेनानी ब्रजेश महर्जनलाई महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरे ।
कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्द तथा अधिकृतका परिवारजनको उपस्थिति थियो ।