रवीन्द्र मिश्रको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरिएको छ ।

मिश्रलाई गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा अराजक गतिविधि गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। मंगलबार मिश्रको तर्फबाट सारिका कार्कीले नेपाल सरकार गृहमन्त्रालयलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी हुन् ।

रिटमा मिश्रको गिरफ्तारीलाई न्यायिक अधिकारको उल्लङ्घन भएको दाबी गर्दै यथाशीघ्र रिहाइको माग गरिएको छ। सर्वोच्च अदालतले दायर रिटमाथि वैशाख ३१ गते बुधबार सुनुवाइको मिति तोकेको छ। उक्त दिन मिश्रको उपस्थितिमा अदालतमा मुद्दामाथि छलफल हुने जनाइएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *